काठेखोलामा बस्तीपिच्छे धमाधम सिँचाइ आयोजना
काठमाडाैं | चैत २६, २०७८
बागलुङ, २६ चैत (रासस): वडाभर सिँचाइ सुविधा पु¥याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ ।
रु दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताउनुभयो । पक्की कुलो निर्माण भइसकेर अहिले पाइपलाइनको काम भइरहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेश सरकारको बजेटमा तीन वर्षअघि उक्त आयोजनाको काम थालिएको थियो । रेश खोलाको मुहानबाट साढे दुई किमी पक्की कुलो निर्माण गरेर बस्तीमा सिँचाइ सुविधा पु¥याइएको छ । धेरै वर्ष पहिले गाउँलेले खानेपानीका लागि ल्याएको कुलोलाई नै पक्की बनाएर सिँचाइमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।
“यसबाट १५० हेक्टर जग्गा सिञ्चित हुन्छ, यो रेशकै ठूलो सिँचाइ आयोजना हो”, उहाँले भन्नुभयो । सोही वडामा डोटा–साङ्खोला सिँचाइ आयोजना पनि सञ्चालित छ । आयोजनाको ९५० मिटर नहर बनाइएपछि अहिले किसानले सिँचाइ सुविधा पाइरहेका छन् । स्थानीय उपभोक्ता युवराज गौतमले उक्त आयोजनाबाट गोटडाँडा, सिम्ले, मरुवा, पैरैलगायत ठाउँमा सिँचाइ सुविधा पुगेको बताउनुभयो । “सिँचाइका लागि पानीको ठूलो स्रोत भएको यो आयोजनाले रेशका धेरै ठाउँलाई समेट्छ”, उहाँले भन्नुभयो, “चालू आवमा पनि थप रु १० लाखको बजेटबाट आयोजना विस्तारको काम हुँदैछ ।”
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटमार्फत दुई वर्षअघि उक्त आयोजनाको काम सुरु गरिएको थियो । पहिलो वर्ष रु २० लाख, गतवर्ष रु ३० लाखको काम भएको उपभोक्ता समितिले जनाएको छ । सोही ठाउँमा विसं २०६८ मा पुरानो सिँचाइ कुलो मर्मत गर्ने क्रममा सुख्खा पहिरामा पुरिएका स्थानीय पाँच महिलाले ज्यान गुमाउनुपरेको थियो । अहिले बनेका आयोजनाबाट सिँचाइ सहज भएपछि गाउँले पनि खुसी छन् । रेशको अर्को सिँचाइ आयोजना हो, दामगाडे । खरदाङको मुहानबाट एक हजार ५०० मिटर पाइप बिच्छयाएर सिँचाइका लागि पानी ल्याइएको उक्त आयोजनाका उपभोक्ता रामचन्द्र गौतमले बताउनुभयो ।
आयोजनाबाट भुनिया, आलखेत, आँटारी हुँदै जिरेदीको फाँटसम्म सिँचाइ पुग्ने उहाँको भनाइ थियो। उपभोक्ता गौतमका अनुसार सिँचाइ आयोजनाबाट पानी मिल सञ्चालकले पनि लाभ लिइरहेका छन् । दामगाडे आयोजनाको मुहानबाटै अर्को सिँचाइ आयोजना पनि सञ्चालित छ । उक्त आयोजना भने स्थानीयवासीको लगानी र जनश्रमदानबाट बनाइएको हो । करिब एक हजार मिटर पाइपलाइनको यस आयोजनाबाट दामगाडेदेखि आरिमपाटासम्म सिँचाइ सुविधा पुग्छ ।
यस्तै सञ्चालनमा रहेको गाउँपालिकाको रु ५० लाख बजेट निर्मित पल्लाचौरी–डोटेस्वाँरा–बिरौटा सिँचाइ आयोजनाबाट रामपास, सिम्लेलगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याइएको छ । रेशमा थप अरु आयोजनाका लागि पनि प्रस्ताव अघि बढाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । बनिसकेका र निर्माणाधीन आयोजनाबाट बस्ती छेउछाउका बारीसँगै बेसीको फाँटमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने उहाँको भनाइ थियो । “रेशका एक हजार १०० घरधुरीले नै सिँचाइ आयोजनाबाट लाभ पाउँछन्”, वडाध्यक्ष लामिछानेले भन्नुभयो, “वर्षौंदेखि रेशका बासिन्दाले भोग्दै आएको सिँचाइको असुविधा अन्त्य हुँदैछ ।”
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

